१४ श्रावण २०८३, बिहिबार 1785390449
Banner

एकीकृत समाजवादीको ३ मन्त्रालयमा दाबी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।

आज (मंगलबार) मिटरब्याज पीडितहरूको आन्दोलमा सहभागी हुन पुगेका पार्टीका सम्मानित नेता झलनाथ खनालले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्।

उनले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालय दाबी गरिरहेका बताए। ‘हामीले जे हैसियत छ, त्यो अनुसार गरिरहेका छौँ। हामीसँग १८ वटा सांसद छन्। १८ सांसदमध्येबाट हामीले माग गरिरहेका छौँ,’ उनले भने, ‘हामीले तीनवटा मन्त्रालय माग गरेका छौँ। त्यो माग चाहिँ हाम्रो अडान हो भन्ने कुरा हामीले प्रधानमन्त्रीलाई भनेका छौँ।’

नेता खनालले ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा व्यापकरूपमा पार्टी निर्माणमा लाग्ने पनि बताए। उनले भने, ‘मुख्य कुरा हामी पार्टी निमार्णमा लागेका छौँ। सरकारमा जाने र सरकारबाट गर्ने कुरा चाहिँ गौण कुरा हो। हामीले धेरै मन्त्रालय पनि पाउँदैनौं। पार्टी निर्माण गर्न ७७ जिल्ला र ७५३ वटै पालिकामा अब व्यापकरूपले लाग्छौँ।’

घनश्याम भुसाल महासचिवमा भएपछि आम कार्यकर्तामा उत्साह जागेको पनि बताए। उनले नेकपा एमालेसँगै कुनै हालतमा सहर्काय नुहने र नीति मिल्नेसँग कार्यगत एकता गर्दै अगाडि बढ्ने पनि जानकारी दिए।