काठमाडौं । मन्त्रालय भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष सकिएको छ ।
न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने तथा मन्त्रिपरिषद्मा भागबण्डा मिलाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सहमति जुटेन ।
सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी थिए ।