२० आश्विन २०८३, मंगलबार 8:23 pm
Banner

३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम पठाउँदैनौं : प्रवक्ता खतिवडा


काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले त्यस्तो बताए ।

‘धेरैबेर छलफल गर्‍यौं, ३ मन्त्रालय हामीलाई दिनुपर्छ। ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम पठाउँदैनौं। प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा बसिरहेका छौं,’ उनले भने, ‘कुनै पनि बेलामा निर्णय गर्ने गरी हामी तयार भएका बसेका छौं।’

उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।