७ भदौ २०८३, आइतबार 1787467212
Banner

भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुठ गठबन्धनको बैठकले भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेबारे कुराकानी भएको छ। तर कुन–कुन मन्त्रालय भन्ने टुंगिएको छैन। यस्तै माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, अन्य दलले एक/एक मन्त्रालय पाउने सहमति भएको एक नेताले बताए ।