१२ आश्विन २०८३, सोमबार 12:28 pm
Banner

लोसपाले शरत सिंह भण्डारीलाई सरकारमा पठाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन्।

आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन्।

सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २-२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १-१ मन्त्रालय लिने सहमति भएको छ।