२३ असार २०८३, मंगलबार 1783476419
Banner

क्रिकेट रंगशालाको समस्या १-२ हप्तामै समाधान हुन्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए। झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ। रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन।