११ आश्विन २०८३, आइतबार 7:25 pm
Banner

मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले बोलाए बालुवाटार

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ।

काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ। पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन्। ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।