२८ जेष्ठ २०८३, बिहिबार 1781173801
Banner

आरआर क्याम्पसमा चैत २६ गते स्ववियु निर्वाचन हुने

काठमाडाैं – काठमाडाैंकाे प्रदर्शनी मार्ग स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ।

आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हाे । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए ।

निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनकाे माग गर्दै आएका सत्ता गठबन्धनका विद्यार्थीसंगठन आज भने सहमति आएका छन् । 

क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २६ लाई निर्वाचन गर्ने सहमति भएकाे हाे ।