६ कार्तिक २०८१, मंगलबार 1729631752
Banner

वैशाक ९ गते एमाले प्रवेश गर्ने करिश्माको तयारी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । पार्टी स्थापनाको दिन पारेर करिश्मालाई एमाले भित्रयाउने तयारी भईरहेको स्रोतले बताएको छ ।

कलाकारिता क्षेत्रमा चर्चित नायिका भएका कारण एमाले अध्यक्ष ओलीले भव्य कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराउने योजना अनुरुप वैशाक ९ गते एमालेको स्थापना दिवसको अवसरमा करिश्मालाई पार्टी प्रवेश गराउन लागिएको एक सांसदले सूचनाप्रेसलाई बताउनुभयो । उहाँका अनुसार वैशाक ९ भन्दा अगाडि नै विशाल कार्यक्रम तय भए अघि पनि करिश्मालाई पार्टी प्रवेश गराउन सकिन्छ त्यो बीचमा ठुला कार्यक्रम भएनन् भने एमालेको स्थापना दिवसको अवसरमा करिश्मालाई एमाले भित्रयाउने उहाँले बताउनुभयो ।

करिश्माले एमाले प्रवेश गर्ने बारेमा धेरै पहिलेदेखि आफ्नो मनस्थिति बनाएको र आफ्ना धेरै साथीभाइ एमाले निकट भएको बताउनुभएको छ । विकास र समृद्धिको एजेण्डा केपी ओलीमा मात्रै देखिएको भन्दै करिश्मा एमालेप्रति आकर्षित हुनुभएको हो । उहाँ डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग हुनुभएको थियो । त्यसयता करिश्मा कुनै पनि पार्टीमा आवद्ध हुनुहुन्न ।