काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्य तालिका रहेको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सबन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको संघीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए।