२७ भदौ २०८३, शनिबार 1789264791
Banner

चैत ३० मा बाँकी कलेजमा स्ववियु निर्वाचन गराउन विद्यार्थी सहमत

काठमाडौँ । बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन्। नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएको हो।

विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन भनेका हुन्।

विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन।