११ भदौ २०८३, बिहिबार 1787894731
Banner

पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।

गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।

नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।

विवाद समाधानका लागि पटकपटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।