काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सरेको छ।
सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो।
रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको बताए।
उनले भने, ‘केन्द्रीय समितिको बैठक २ बजेलाई सारिएको छ। त्यसपछी काठमाडौँमा नै पत्रकार सम्मेलन हुनेछ। साथीहरू ४ तिर छरिएकाले, मिलाउँदा बैठक सार्न परेको हो। अन्य कुनै कारण छैन।’
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि बैठक बस्न लागेको हो।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन्।