१४ श्रावण २०८३, बिहिबार 1785422968
Banner

पोखरेललाई ट्राफिकको जिम्मा, जोशीलाई विशेष ब्युरोमा काज

काठमाडौँ। गृह मन्त्रालयले २ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ। मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो।

डिआइजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ। जोशी प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा कार्यरत थिए। विशेष ब्युरोमा यसअघि सुदिप गिरी थिए। गिरी एआईजीमा बढुवा भएका छन्।