१९ बैशाख २०८३, शनिबार 1777704218
अर्थ

निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय

काठमाडौं । बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको छ। बुधबार बसेको संघको वैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिसत हुनेछ।

साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहनेछ। कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ। यसअघि निक्षेप साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेका थिए। व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ९ प्रतिशत थियो।

कर्जाको ब्याजदर आधार दर निकालेपछि थहा हुने बैंकरहरूले बताएका छन्। पछिल्लो समय बैंकहरूमा कर्जा योग्य पुँजी २ खर्ब हाराहारी रहेपनि कर्जा बिस्तार सुस्त भएको छ।

बजारमा ब्याजदर घटाउन माग भइरहेको र अवस्था सहजै रहेकोले ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।