२८ भदौ २०८३, आइतबार 1789356083
राजनीति

एमाले संसद् विघटन गरेर मध्यवधी चुनाव गर्न चाहान्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्। एमालेको यो सोचलाई पूरा हुन नदिने उनले बताए।

अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं। त्यो बाटोमा त हामी जान सक्दैनौं। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने।