काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।
उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत पाए। ढकालका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए।
त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्।