५ भदौ २०८३, शुक्रबार 1787356100
Banner

श्रीमती निकिताबारेको पोस्ट नहटाए कानुनी प्रक्रियामा जाने रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जोडेर नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका छन् । उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले बिना आधार र प्रमाण गरिएको आक्रमणको हिसाब राखेको पनि बताएका छन् । ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्’, उनले भनेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’

उनले अगाडि भनेका छन्, ‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’ बिना कारण बद्नामी र तनाव सहनु परेको भन्दै लामिछानेले भनेका छन्, ‘न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं।’
रास्वपाबाट कारबाहीमा परेका ढाका कुमार श्रेष्ठले ‘कोर टीम’बारे खुलासा गर्ने बताएपछि सामाजिक सञ्जालमा पौडेलसमेतलाई जोडेर प्रचार भएको थियोे ।