काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताउनु भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।
उहाँले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गर्नुभयो । उहाँले वर्तमान समयमा आफ्नो पार्टी नेकपा ृमाओवादी केन्द्रे सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको जिकिर गर्नुभयो । उहाँले जिम्मेवारी बोध गरी सङ्घर्ष नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरूको कार्यान्वयन गर्दै जानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, वितर्क गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ रु भन्ने कसरत ठुलै छ । त्यो ठुलै छ । अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यस कारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरूलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ । त्यस कारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ ।
सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती छ । त्यसैले योजनाबद्ध गर्ने कुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’ प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा ९माओवादी केन्द्र० ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताउनु भयो ।