१६ जेष्ठ २०८३, शनिबार 1780169866
Banner

सभामुखले बोलाएको तीन दलको बैठक स्थगित

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ । अब बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

सभामुखले संसद्को ‘बिजनेस’, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनलगायत विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन् ।