६ भदौ २०८३, शनिबार 1787430463
समाचार

मधेशमा जुडशीतल पर्व मनाइँदै

काठमाडौं। नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ।

प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ।

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन्।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ।