काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने भएको छ। सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि निर्माता डुबाउने खेल खेलको विष्टले बताएका छन् ।
उनले निर्माता डुबाउने खेल बिल्कुल मान्न तयार नभएको भन्दै चलचित्र बलबाट उतार्ने घोषणा गरेका हुन् । उनले चलचित्र हलबाट उर्तानुपर्ने ६ वटा कारण देखखाएका छन् । पर्याप्त शो नपाएको, शो पाएपनि अफ टाइममा पाएको, सुरुआतदेखि नै ७० प्रतिशत शो कटाएको, अग्रिम टिकट बुकिङ नगराएको जस्ता कुरा उल्लेख गरेका छन् ।
अब चलचित्र दर्शकको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने निर्माण पक्षले बताएको छ। काठमाडौंले अवहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार दोहोर्याएको भन्दै निमार्ता विष्टले दुख व्यक्त गरे।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं। हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं। सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं।’