१६ भदौ २०८३, मंगलबार 1788279403
अपराध

भारतका पूर्वसांसद अतिक अहमतको गोली हानी हत्या

काठमाडौं । भारत उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो। उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो। भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ।