४ भदौ २०८३, बिहिबार 1787216860
समाचार

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानमार उडानको पहल सुरु

काठमाडौं। म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ। बौद्ध धर्मावलम्बी बाहुल्य भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीमा समेत पर्यटक आगमन बढ्ने र गौतमबुद्ध विमानस्थलमा समेत हवाई यातायात सूचारु हुने नेपाल पर्यटन बोर्डको भनाइ छ।

बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल गरेको छ ।

छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताएका छन् । नेपालले म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।