१४ श्रावण २०८३, बिहिबार 1785450896
Banner

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपाले दियो प्रचण्डविरुद्ध उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो।

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारवाहीको दायरमा ल्याउनु पर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

गठबन्धनका उम्मेद्‍वार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार तनहुँ पुगेका थिए।