९ मंसिर २०८१, आइतबार 1732437219
Banner

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौं । अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गते सम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ ।

प्रदेशसभाको बैठक आजलाई डाकिएको छ । आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका थिए ।

पत्रमा लेखिएको थियो, “संविधानको धारा १८८ ९२० बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/१/९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावल, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।”

गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ।