९ भदौ २०८३, मंगलबार 1787677933
Banner

चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा विवादा

काठमाडौं। चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा २ पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए।

दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ।

त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको हाम्रा प्रतिनिधि गणेश दुलालले जनाएका छन्।