१९ असार २०८३, शुक्रबार 1783080848
Banner

२ वटा मतपत्र खसाउन खोज्ने जसपा नेता यादव पक्राउ

बारा। मतपेटिकामा २ वटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन्। उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ। स्वस्तिक छाप लगाएको २ वटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।

प्रहरीले जसपा नेता यादवलाई पक्राउ गरेपछि सो पार्टीका स्थानीय नेता कार्यकर्ता पनि लफडा गर्न खोजेका थिए। तर, तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध नभएको बुझिएको छ।