९ मंसिर २०८१, आइतबार 1732483002
Banner

 चितवन-२ मा ६० प्रतिशत मतदान खस्यो

चितवन- चितवन-२ मा आज भएकाे उपनिर्वाचनमा करीब ६० प्रतिशत मत खसेकाे छ। उक्त निर्वाचन क्षेत्रका कुल ४३ मतदानस्थलमध्ये १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएकाे विवरण आएकाे चितवन-२ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो ।

चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । मंसिर ४ मा चितवन-२ मा ८४ हजार मत खसेकाे थियाे ।

मतदान सकिएसँगै सबै मतपेटिका संकलन गरेर भरतपुर ल्याउने र सबै पेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर गणनाबारे निर्णय गरिने आचार्यले जानकारी दिनुभयो ।

चितवनका ४३ मतदानस्थलमध्ये भरतपुर-११ भाेजाडकाे नयाँ किरण मतदानस्थलमा तीन घण्टाजति मतदान राेकिएकाे थियाे । त्यसैगरी भरतपुर-७ काे कृष्णपुर मतदानस्थलमा पनि केहीबेर राेकिएकाे थियाे ।