९ मंसिर २०८१, आइतबार 1732495138
राजनीति

चितवनमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो। सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन। चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ। चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन्।