८ जेष्ठ २०८३, शुक्रबार 1779477546
Banner

रविलाई कारबाही गरेपछि मात्र चितवनमा मतगणना

काठमाडौं। चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ। आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारबाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन्।

‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ। यो विषयमा कारवाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन’, एक उम्मेदवारले भने, ‘ हामी यो अडानबाट पछि हट्दैनौ।’ चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन्। लामिछानेले सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताएका छन्।