काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । यहाँ १३ हजार ५९४ मत गन्न बाँकी छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म यहाँ ५५ हजार ५१३ मतगणना भइसकेको छ । यहाँ कूल ६९ हजार १०७ मत खसेको थियो । गणना भएको मतपरिणामअनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यादवले दुई हजार ६२९ मतान्तर बनाएका छन् । दोस्रो स्थानमा भने जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहा छन् ।
आयोगले दिएको जानकारीअनुसार जसपा अध्यक्ष यादवले २२ हजार ५५२ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका कुशवाहाले १९ हजार ९२३ मत ल्याएका छन् ।