१४ श्रावण २०८३, बिहिबार 1785431459
Banner

राष्ट्रियसभाको बैठक आजपनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आजपनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गठित विषयगत संसदीय समितिमा रहेका सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

बैठकमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवलयले जनाएको छ।

यसअघि बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा रहने तीन सदस्यको नाम मनोनयन गरेको थियो।