९ मंसिर २०८१, आइतबार 1732459388
Banner

३ शीर्षकको बजेटमा शून्य खर्च, ६ प्रतिशतले खस्कियो खर्चदर

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन। जलस्रोत र सिँचाइ, प्रशासनिक सुशासन र वन शीर्षकमा छुट्याए बजेट काठमाडौं महानगरपालिकाले अहिलेसम्म खर्च गर्न सकेको छैन ।

जलस्रोत र सिँचाइको लागि ८ लाख, वन शीर्षकमा १० लाख र प्रशासनिक सुशासनको लागि ७५ छुट्याएको बजेट आर्थिक वर्षको अन्ततिर आउँदासमेत खर्च हुन सकेको छैन । महानगरले चालु आवमा अघिल्लो नेतृत्वलेभन्दा कम खर्च गरेको छ ।
यि ३ योजनाबाट १ रुपैयाँ खर्च गन नसकेको महानगरको ९ महिनाको खर्चसमेत २४ प्रतिशत मात्र छ । ६ प्रतिशतले मानगरको खर्चदर घटेको छ ।

यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशतभन्दा कम खर्च गरेको छ। विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म यो खर्च बढ्ने महानगरले जनाएको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्ने महागरको दाबी छ ।

तर, चालु आव २०७९–०८० मा महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको महानगरकै प्रतिवेदनले देखाएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो।

खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ।

संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ। महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ।