काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।
शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । शर्माको विश्वासको पक्षमा २९ जना सांसद मत दिएका थिए भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका थिए ।
यससँगै मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । शर्मालाई माओवादी, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदले साथ दिए भने एमाले र राप्रपाले विपक्षमा मत दिएको थियो । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले तेश्रो पटक विश्वासको मत लिएका हुन् ।