२८ भदौ २०८३, आइतबार 1789334703
Banner

संघीय संसद्को हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ। कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन आजै मध्यरात १२ बजेदेखि अन्त्य हुने राष्ट्रपति भवनबाट जारी सूचनामा उल्लेख छ। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२ः ०० बजेदेखि अन्त्य गरेको छु,ु सूचनामा भनिएको छ।

राष्ट्रियसभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ।