काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।
सो निर्णयलाई आजै ३ बजेपछि बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।