काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाववादी०का एकरएक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ ।