२७ जेष्ठ २०८३, बुधबार 1781122030
Banner

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन्। प्रधानमन्त्री प्रचण्डले हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंले सम्हाल्दै आएका छन्।