२७ भदौ २०८३, शनिबार 1789254582
Banner

बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

काठमाडौं। सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए।

यो अधिवेशनमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ। संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो।