२७ भदौ २०८३, शनिबार 1789263595
Banner

फिक्कलमा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

अपराह्न ४ः४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चारै जनाको मृत्यु भएको हो। मृत्यु हुने सबै भारतीय रहेका छन्।

इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेका छन्।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएका थिए। जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए। मृतकहरूको शव फिक्कल अस्पतालमा राखिएको छ।