७ मंसिर २०८१, शुक्रबार 1732333272
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जाकारी गराउन माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ।

बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए।

यसमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए।

उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न।’