२७ भदौ २०८३, शनिबार 1789270074
Banner

आजबाट एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८-३० वैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो।