काठमाडौं। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ ।
आज सपथ लिने ३ मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन । स्रोतले भन्यो, ‘३ मन्त्री त चर्चामा आइरहनुभएको नाम नै हो। तर, अर्को एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन।’ सार्वजनिक भएको नाम मध्य कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा हुन्। यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली हुन्।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उर्जा जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि विनाविभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ भने कांग्रेसबाट विना विभागीय मन्त्री भएकी सरस्वती अर्याल तिवारीलाई कृषि मन्त्रालय जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ ।
यस्तै मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने कि नबनाउने केन्द्रको निर्देशन कुरिरहेको स्रोतले बनायो।