२२ बैशाख २०८३, मंगलबार 1778016357
अर्थ

अर्थतन्त्र शिथिलतातर्फ गएपछि लचिलो नीति लिइयो: गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिलतातर्फ गएपछि मौद्रिक नीति लचिलो बनाइएको बताउनु भएको छ।

मौद्रिक नीति समक्षिापछि भएको पत्रकार सम्मेलनमा उहाँले शिथिलता हटाउन लचिलो नीति लिएको बताउनुभएको हो। मौद्रिक नीतिको समिक्षा मार्फत आएको नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले जुन खालको अर्थतन्त्र देखिएको छ, यसलाई आज राष्ट्र बैंकले अघि रोकेका विषयहरूले चलायमान बनाउन मद्दत गर्छ।’ 

बैंक तथा वित्तीय संस्थालाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो गणना गर्दा ऋणपत्रलाई स्रोतका रुपमा प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्‍याएको ।