पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । नियुक्त भएका मन्त्रीको आजै सपथ खुवाउने तयारी गरिएको छ ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।