८ मंसिर २०८१, शनिबार 1732380777
राजनीति

कर्नाटकमा कंग्रेसलाई एकल बहुमत

एजेन्सी । कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो।

कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो।

यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ। अबको ५ वर्ष भाजपा सरकारबाहिर रहनेछ।