११ श्रावण २०८३, सोमबार 1785183529
Banner

रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् टोखाबाट पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

शनिबार राति टोखा नगरपालिका–८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको हो।

एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो।

शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ। कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।