४ भदौ २०८३, बिहिबार 1787224830
Banner

नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व.मदन भण्डारीको नयाँ नेपाल बनाउने सपना अहिले अधुरो भए पनि पूरा गर्न सकिने बताएका छन्।

बुधबार ३० औं मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेका तत्कालीन महासचिव समेत रहेका मदन भण्डारीले नयाँ नेपालका लागि थालेको अभियान पुरा गर्न नपाइ नै उहाँको निधन भएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मदनलाई आदर्श व्यक्तित्वका रूपमा चर्चा गर्दै भने, ‘नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उहाँका उत्तराधिकारीहरुले पुरा गर्नुपर्नेछ ।’ नयाँ नेपाल बनाउने सपना पूरा गर्न सजिलो नभएको पनि ओलीले बताए ।

‘चुनौतीहरू छन् । विरोधीहरू षडयन्त्रपूर्ण ढङ्गले आउँछन् । यसको अर्थ यी सपना पुरा गर्न सकिँदैन भन्ने होइन । हामी चुनौतीको सामना र षडयन्त्रहरूलाई परास्त गर्न सक्छौ र सपनालाई साकार पार्न सक्छौ’, अध्यक्ष ओलीको भनाइ छ ।