२ आश्विन २०८१, बुधबार 1726712124
विश्व

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन : क्रेमलिन

मस्को। रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

रुसी। राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गर्नुभयो ।

केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पार्नुभएको हो ।

उहाँहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उहाँको भनाइ छ ।

“दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन,” प्रवक्ता पेस्कोभले सोमबार भन्नुभयो ।

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उहाँले ती केही पनि नभएको जानकारी दिनुभयो ।

वार्तामा के के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उहाँको भनाइ छ ।

गत फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन ।

विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।